नेपाल लाइफका टप थ्री अभिकर्ता बने मदन–माधव र जंग बहादुर, एक वर्षमा कसको व्यवसाय कति ?

राजन कठायत 
६ श्रावण २०८१, आईतवार १७:४३

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् ।

कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौ अभिकर्ताहरुमध्ये धनगढीका मदन भट्टले सबैलाई पछी पार्दै यस वर्षको उत्कृष्ठ अभिकर्ता बन्न सफल भएका छन् । साथै, दोस्रो नम्बरमा दाङ, घोराहीका माधव भण्डारी र तेस्रो नम्बरमा झापा विर्तामोडका जंग बहादुर राजवंशी पर्न सफल भएका छन् । रातदिनको मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८०।०८१ मा अभिकर्ताहरुले करोडौंको व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखा कार्यालयमा आवद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएमा अभिकर्ता मदन भट्ट लगातार तेस्रो पटक सर्वोत्कृष्ट बन्न सफल भएका छन् । कम्पनीमा अत्यन्तै मिहिनेती तथा अनुभवि अभिकर्ताको परिचय बनाएका भट्टले सुदुरपश्चिमका हजारौ नागरिकहरुको बीमा गरी व्यक्तिगत कोडमा ८ करोड १४ लाख ९२ हजार रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन् ।

उनले गत आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा उक्त रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका हुन् । आफ्नै होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका उनले धनगढीका विभिन्न गाउँ, टोल र सहरमा गई बीमा शिक्षा प्रदान गर्नुका साथै नागरिकहरुको बीमा गर्दै आएका छन् ।

हजारौ अभिकर्ताहरुमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका दाङ, घोराहीका माधव भण्डारी निकै सक्रिय र क्षमतावान अभिकर्ताको रुपमा परिचित छन् । दाङ जिल्लाको विभिन्न स्थानहरुमा पुगेर उनले नागरिकहरुको बीमा गरी जीवन रक्षावरण गर्दै आएका छन् । अभिकर्ता भण्डारीले आर्थिक वर्ष २०८०।०८१ मा कुल ३ करोड ७२ लाख ४० हजार रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको विर्तामोड शाखा कार्यालयमा आवद्ध रहेका सक्रिय अभिकर्ता जंग बहादुर राजवंशीले २ करोड २५ लाख ४० हजार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाली बजारमा बीमा व्यवसाय सकारात्मक रुपले अगाढी बढ्दै गएको र नागरिकहरुको माग अनुसारका बीमा पोलिसी बिक्री गर्दै जादाँ करोडौं रुपैयाँको व्यवसाय गर्न सफल भएको अभिकर्ता राजवंशीको धारणा रहेको छ ।

‘विहान ७ बजेदेखि नागरिकहरुको बीमा गर्न सक्रिय रहने गरेको छु’ उनले भने, ‘समय अनुसार अभिकर्ताहरुले अपडेट हुन अति आवश्यक रहेको छ । मैलै आम नागरिकहरुको आयश्रोत र आर्थिक अवस्थाका आधारमा उहाँहरुलाई माग अनुसारका बीमा पोलिसी बिक्री गर्दै आएको छु।’

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौ बीमा अभिकर्ताहरुले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिमहरु पनि सञ्चालन गर्दै आएको छ । साथै, नेपाल लाइफले विभिन्न योजनामा समावेश भएका अभिकर्ताहरुलाई धन्यवाद पनि ज्ञापन भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*