३१ प्रतिशतले बढ्यो सप्तकोसी सिमेन्टको व्यापार, एक वर्षमा कमायो २ अर्ब ३५ करोड रुपैयाँ

६ श्रावण २०८१, आईतवार १६:०१

काठमाडौँ । एचआर गोयल ग्रुपले सञ्चालन गरिरहेको सप्तकोसी सिमेन्ट प्रालिको व्यापारले नयाँ फड्को मारेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गरेको व्यापार २०२२ को तुलनामा ३१.२१ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले १ अर्ब ७९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यस्तै सन् २०२१ मा सिमेन्ट बिक्रीबाट कम्पनीले २ अर्ब १ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। २०२० मा १ अर्ब ६७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।

१९९६ मा मोरङ कटहरीमा स्थापना भएको उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ६ सय टन छ। उद्योगमा दुइटा सिमेन्ट प्लान्ट छ। उद्योगले २०१८ देखि व्यावसायिकरूपमा दोस्रो प्लान्टबाट सिमेन्ट उत्पादन थालेको हो। उद्योगले सप्तकोसी र नेसनल ब्रान्डमा ओपिसी र पिसिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगको अध्यक्षमा आशिष गोयल छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*