प्रहरीमा बैंकिङ कसुरका उजुरी बढ्दै

६ श्रावण २०८१, आईतवार १५:३०

काठमाडौं। गत आर्थिक वर्षमा देशभर ५९ हजार उजुरी प्रहरीमा दर्ता भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ भने काठमाडौं उपत्यकामा सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् ।

२०८० साउनदेखि २०८१ असार मसान्तसम्म मुलुकभर ५९ हजार २ सय ३ वटा उजुरी प्रहरीमा दर्ता भएको छ।

बैंकिङ कसुरका १३ हजार २ सय ६३ वटा, आत्महत्यासम्बन्धी ७ हजार १ सय ९४ वटा, लागूऔषधका ४ हजार ३ सय ९८ वटा, जबर्जस्ती करणीका २ हजार ५ सय ७ वटा, ठगीसम्बन्धी १ हजार ८ सय ७४ वटा, सवारी ज्यानका १ हजार ७ सय ७५, ज्यान मार्ने उद्योगका १० हजार १९ वटा र सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा नैतिकतासम्बन्धी १० हजार ७ सय ५६ उजुरी रहेको प्रहरीले जनाएको छ ।

यस अवधिमा काठमाडौं उपत्यकामा १७ हजार ४५ वटा, कोशी प्रदेशमा ९ हजार ३ सय ८७, मधेश प्रदेशमा ९ हजार ६ सय २० बागमती प्रदेशमा ५ हजार १ सय ९७, गण्डकीमा ४ हजार ६ सय ८९, लुम्बिनीमा ७ हजार ६ सय ४४ उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*