४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, १८१ वटा कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । नयाँ बनेको केपी ओली नेतृत्वको सरकारले पूँजी बजारलाई अर्थतन्त्रको छायाको रुपमा लिएसँगै पछिल्लो समय यस क्षेत्रमा रौनकता छाएको हो ।
आज नेप्से परिसूचक ६१.६१ अंकले वृद्धि भएर २४८५.९४ को बिन्दुमा कायम भएको छ । नेप्से परिसूचक बृद्धि भएसँगै आज १८१ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज अधिकांश कम्पनीका लगानीकर्ताहरु मालामाल बन्न पुगेका छन् ।
शेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये ४ वटामा शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक र गनपति लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।