भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँः प्रधानमन्त्री

६ श्रावण २०८१, आईतवार १४:३९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘आज म दुनियाले सुन्ने गरी भन्छु भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ ।’

भ्रष्टाचारसँग सम्बन्धी हरेका काण्डको छानबिन हुने बताए । ‘यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएको भ्रष्टाचार विरुद्ध कानुनी कारबाही हुन्छ । भ्रष्टाचारी एक दिन कानुनको कठहरामा पुग्ने छ भन्ने विश्वास दिलाउछु’ ओलिले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*