सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछु, छुट्टै नियामक निकाय गठन हुन्छः प्रधानमन्त्री
६ श्रावण २०८१, आईतवार १४:११
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले सहकारीका लागि छुट्टै नियामक गठन गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले आम सर्वसाधारणको बचतको सुरक्षा गर्ने प्रतिवद्दता समेत ओलिले गरेका छन् । उनले भने, ‘सहकारीका लागि छुट्टै नियामक निकाय गठन गरीनेछ । आम सर्वसाधारणको बचतको सुरक्षा सरकारले गर्नेछ ।’
उनले सहकारी ठगलाई कानुनी कठहरामा ल्याउने बताए ।