एक वर्षको अवधिमा अग्नी सिमेन्टको ५० करोड ९० लाख नाफा गायब

६ श्रावण २०८१, आईतवार १३:३९

काठमाडौं । निजी लगानीमा स्थापना भएको अग्नी सिमेन्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेडको कारोबार घटेको छ । उद्योगले विभिन्न ब्रान्ड पीपीसी र ओपीसी सिमेन्ट बिक्रीबाट सन् २०२३ मा ७० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।

उक्त व्यापार सन् २०२२ को तुलनामा ४१.८५ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १ अर्ब २१ करोड १६ लाख रुपैयाँ व्यापार गरेको थियो । एक वर्षको अवधिमा ५० करोड ९० लाख रुपैयाँ नाफा गायब भएको हो ।

कम्पननीले सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख रुपैयाँ र सन् २०२० माख १ अर्ब १३ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको हो । बजारमा तीव्र प्रतिस्पर्धाले गर्दा सिमेन्ट उद्योगहरुलाई असर गरेको छ । कच्चा वस्तुको मूल्यवृद्धि र प्रशासनिक खर्च बढेकाले उद्योगको नाफामा गिरावट आएको हो ।

अग्निले अन्य सिमेन्ट उत्पादकहरुबाट क्लिंकर खरिद गर्ने र भारतबाट स्ल्याग र अन्य कच्चापदार्थ आयात गर्दै आएको छ । सन् २००७ मा स्थापना भएको अग्निले पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । एक दशकको अवधिमा कम्पनीले अग्नि, ओरियन्ट र त्रिदेव ब्रान्डको पीपीसी र अल्फा ओपीसी ब्रान्डको सिमेन्ट उत्पादन भइरहेको छ । ३१ जिल्लामा उद्योगको सिमेन्ट बिक्री हुने गरेको छ ।

उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । उनी शुभश्री अग्नि सिमेन्टका सञ्चालक पनि हुन् । ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छ्न् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*