एनआईसी एशिया बैंक २७औं वर्षमा प्रवेश, गुणस्तरीय र दिगो सेवा उपलब्ध गराउने प्रतिवद्धता

६ श्रावण २०८१, आईतवार १०:३४

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेड २७ औं वर्षमा प्रवेश गरेको छ । बैंक आफ्ना शाखा विस्तार र ग्राहकहरुलाई उपलब्ध गराउने सेवालाई विशेष प्राथमिकता दिदै अगाडी बढेको हो ।

२७ औं वार्षिकोत्सव मनाउदै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्पूर्ण ग्राहकहरु, कर्मचारी र शेयरहोल्डरलाई धन्यवाद ज्ञापन गर्नुका साथै, आउदो दिनमा अझै गुणस्तरीय र दिगो सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

करिव २७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू गरेको एनआइसी एशिया बैंकको अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल भएको छ ।

यस अवधिमा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियामक निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै बैंकले धन्यवाद व्यक्त गरेको छ ।

बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा बैंकले आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहकहरुलाई गतिशील बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएको छ ।

बैंकले देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन हामी सफल भएका छौ । साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुना कुनामा पुयाउन समेत बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुयाउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै रू.२ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र देशको आर्थिक विकासमा एक असल साझेदारको रुपमा स्थापित हुन समेत सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*