मानुषी लघुवित्तको लक इन अवधि भदौ ७ गते सकिने

६ श्रावण २०८१, आईतवार ०७:५२

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आउँदो भदौ ७ गते सकिने छ । उक्त दिन कम्पनीको सात लाखभन्दा बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।

यस कम्पनीले २०७८ साउन २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भदौ ७ गते नै बाँडफाँड गरेको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनी तथा कर्मचारीले धारण गरेको शेयर लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

सोही प्रावधान अनुरूप हाल कम्पनीको सात लाख कित्ता संस्थापक र पाँच हजार ४६९ कित्ता कर्मचारीहरूको शेयर लक इनमा रहेको छ । साथै संस्थापक शेयर सदस्यहरूमध्ये सञ्चालक सदस्यमा रहेका तथा कम्पनीको उच्च पदस्थ कर्मचारीले भने शेयर खरीद बिक्री गर्न पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*