२ करोड २१ लाख घोटाला प्रकरणः कान्तिपुर बहुउद्देश्यीयका सचिव पक्राउ, पाँच जना अझै फरार

५ श्रावण २०८१, शनिबार १७:४४

काठमाडौँ । कान्तिपुर बहुउद्देश्यीय सहकारी सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको गरेको हो ।

सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधिक विश्वासघात मुद्दामा तातेडलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । सहकारीका बचतकर्ताको रकम अपचलन गरेको र संस्थाका सातजना सञ्चालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले सञ्चालक समितिका सचिव तातेडविरुद्ध १९ साउन २०८० मा प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले सात सदस्यीय सञ्चालक समितिमध्ये अध्यक्ष बेचन यादव र अन्य पाँचजना सञ्चालक सदस्य भने अझै फरार रहेको जानकारी दिए । सञ्चालक समितिमाथि बचतकर्ताको १ करोड ३३ लाख २० हजार ८ सय २३ तथा संस्थाको ८८ लाख १७ हजार ६ सय ७७ गरी कूल २ करोड २१ लाख ३८ हजार पाँच सय घोटाला गरेको आरोप छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*