आइएमई मोटर्सले एक वर्षमा गर्‍यो १ अर्ब ७५ करोडको व्यापार

५ श्रावण २०८१, शनिबार १६:२८

काठमाडौँ । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सको कारोबार बढेको छ । कम्पनीले एक वर्षको अवधिमा नै साढे १ अर्ब माथिको व्यापार गरेको हो ।

इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १ अर्ब ७५ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त नाफा सन् २०२२ को तुलनामा भने निकै कम हो । कम्पनीले सन् २०२२ मा ३ अर्ब १४ करोड रुपैयाँको व्यापार गरेको थियो ।

साथै, गत आर्थिक वर्षको ६ महिनामा कम्पनीले ७५ करोड रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ । यता, सन् २०२१ मा २ अबृ ३७ करोड १० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ८३ करोड २० लाख र सन् २०१९ मा २ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

आइएमई मोटर्समा चन्द्रप्रसाद ढकालको ४७.५ प्रतिशत, आइएमई ग्रुप प्रालिको ३२.५ प्रतिशत र २० प्रतिशत सेयर स्वामित्व सन्दिप अग्रवालको छ । आइएमई मोटर्ससँग अशोक एलटी इन्जिनियरिङ सर्भिस प्रालि (अशोक लेल्याण्डको कमर्सियल भेहिकलको स्पेयर पार्ट्स र सर्भिसिङ गर्ने) र भेन्चर हायर पर्चेज प्रालिको स्वामित्व छ ।

आइएमई मोटर्सले ३ अर्ब ४० करोड रुपैयाँको अल्पकालीन बैंकिङ कर्जाका लागि इक्रा नेपालले कम्पनीलाई रेटिङ प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*