यो साता नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढ्यो
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता ८०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ८०० रुपैयाँले बढेर कारोबार भएको महासंघले जनाएको छ ।
यो सौंता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । महासङ्घका अनुसार बुधवार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो ।
यो अहिलेसम्मकै उच्च बिन्दु हो । त्यसयताका दुई कारोबार दिनमा भने मूल्य घटेको हो । यससँगै शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम छ । सुनको मूल्य बढेको साता चाँदीको मूल्य भने घटेको छ ।
गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ कायम सुनको मूल्य यो साता ७० रुपैयाँले घटेको हो । यो साताको शुक्रबारसम्म ७० रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ ।