६ जलविद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन, कुनको कति?

५ श्रावण २०८१, शनिबार ११:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा छ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्न पुगेको छ । बाराही हाइड्रोपावर पब्लिक, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, रिभर फल्स पावर र शिवश्री हाइड्रोपावरले बोर्डमा हकप्रदका लागि आवेदन दिएका हुन् ।

बा्ेर्डमा बाराही हाइड्रोपावर पब्लिकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । ्कम्पनीले २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति मागेको छ ।
पिपुल्स पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति मागेको छ ।

दोर्दी खोला जलविद्युत् कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति मागेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनले पनि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल छ । कम्पनीले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति मागेको छ ।

रिभर फल्स पावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ । यस कम्पनीले ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति मागेको छ ।

त्यस्तै, शिवश्री हाइड्रोपावरले शतप्रतिशत अर्थात् १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*