नेपाल लाइफका मदन भट्टद्वारा ह्याट्रिक, १० करोडभन्दा बढिको व्यवसाय गरेर लगातार तेस्रो पटक सर्वोत्कृष्ट

४ श्रावण २०८१, शुक्रबार १७:२३

काठमाडौं । धनगढीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् । नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार तेस्रो पटक नेपाल टपर हुन सफल भएका छन् ।

यो सहित उनले नेपाल लाइफबाट चौथो पटक नेपाल टप गर्न सफल भएका छन् । पहिलो पटक २०१२ मा नेपाल पटक बनेका भट्ट पछिल्लो तीन वर्षदेखि सर्वोत्कृष्ट बन्न सफल भएका हुन् ।

यस वर्षको जीवन बीमा व्यसवायमा अर्को ऐतिहासिक रेडर्क पनि मदन भट्टकै नाममा कायम गर्न उनी सफल भएका छन् । नेपाल लाइफमा एकल कोडमा लगातार तीन पटक नेपाल टप भएर ह्याट्रिक गरेका उनले यस वर्ष टिम तर्फको व्यवसायमा पनि सर्वोत्कृष्टको उपाधी हासिल गर्न सफल भएका छन् ।

एक वर्षमा टिमतर्फ १० करोडभन्दा बढि बीमा व्यवसाय गरेर उनले उ्रक्त रेडर्क राख्न सफल भएका हुन् । त्यसैगरी, व्यक्तिगत कोडमा आठ करोडभन्दा बढि व्यवसाय गरेर तेस्रो पटक उत्कृष्ट बन्न सफल भएका हुन् ।

धनगढीमा रहेर बीमाको कारोबार गर्दै आएका भट्ट विगत करिब २० वर्षदेखि जीवन बीमा क्षेत्र सक्रिय रहँदै आएका छन् । एलआईसी नेपालबाट जीवन बीमा सुरुवात गरेका उनले सन् २००७ मा एलआईसी नेपालमा उत्कृष्ट बन्न सफल भएका छन् । पछि नेपाल लाइफमा गएका उनी २०१२ मा नेपाल टपर बन्न सफल भएका थिए ।

मदन भट्टको जीवनमा कुनै कुराको कमि थिएन । अहिले पनि उनी धनगढी र सो क्षेत्रमा क्रन्जी चिकेनको चेन रेष्टुरेन्ट चलाउँदै आएका छन् । आर्थिक रुपमा आफै सफल उनले बीमामार्फत जनताको सेवा गर्ने भावनालाई मर्न नदिई जोखिम हस्तान्तरण कार्यमा निरन्तर सक्रिय भएर लागि रहेका छन् ।

बीमा अभिकर्ताहरुलाई सही रुपमा परिचालन गरेकै कारण उनले यस पटकको दोहोरो सर्वोत्कृष्टको उपाधी हासिल गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*