सन नेपाल र नेपाल इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि बोर्डमा दियो आवेदन, कुनले कति ?
काठमाडौं । सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोडमा आवेदन दिएका छन् ।
सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न र नेपाल इन्स्योरेन्सले पनि ४० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन् ।
सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ४ अर्ब २६ करोड ९६ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
यस्तै, नेपाल इन्स्योरेन्स पनि ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः४ अनुपातमा ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ ।