सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने बनिन् २०२५ को पहिलो सीओटी

४ श्रावण २०८१, शुक्रबार १४:३८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन २०२५ को लागि पहिलो सीओटी बन्न सफल भएकीछिन् । पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।

सन २०२५ को लागि सीओटी बन्न तोकेको लक्ष्य पुरा गर्दै सिनियर चिफ एजेन्सी म्यानेजर न्यौपाने जुलाई महिनामै सीओटीका्े लक्ष्य चुम्न सफल भएकि छिन् । कम्पनीका अनुसार सीओटीको लागि एमडीआरटीको तीन गुणा तोकेको व्यवसायीक लक्ष्य पुरा गर्दै उनी सन २०२५ को लागि कम्पनीको प्रथम सीओटी बन्न सफल भएकी हुन् ।

हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमार्फत व्यवसाय गर्दै आएकी नमिताले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकै पहिलो इतिहास रच्दै जुलाई महिनामै सीओटी बन्न सफल भएकी छन् । बीमा क्षेत्रमा लागेको छोटो अवधीमा नै उनी २०२५ को लागि सहित ६ पटक एमडिआरटी, २०२५ सहित ४ पटक सिओटी र दुई पटक टिओटी बिजेता बनेर देशैभरिका महिला अभिकर्ताहरुको लागि प्रेरणाको श्रोत बन्न सफल भएकि छिन् ।

चिफ एजेन्सी म्यानेजर न्यौपाने एमडिआरटीमा २०२० देखि हालसम्म लगातार छनौट हुँदै आएकी छिन् । त्यस्तै, सिओटी २०२१, टिओटी २०२२ र २०२४ बिजेता भइसकेकी छिन् । टिओटी बिजेता न्यौपानेले व्यस्त समयका बापजुद पनि समय व्यवस्थापन र लक्ष्य निर्धारण गरी निरन्तर काम गर्दै जाँदा आफू सीओटीमा पुग्न सफल भएको प्रतिक्रिया दिएकी छिन् ।

साथै उनले टिममा रहेर काम गर्ने सबैप्रति र बीमक कम्पनीका सिईओ र सबै कर्मचारीहरुप्रति आभार व्यक्त गरेकी छिन् । नमिताले आगामी दिनमा देशैभरिका महिलाहरुलाई बीमा व्यवसायमा अघि बढ्न हौसला दिँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छिन् ।

One thought on “सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने बनिन् २०२५ को पहिलो सीओटी

  1. S maharjan says:

    Welldone..

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*