रिद्धि सिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

४ श्रावण २०८१, शुक्रबार १३:४७

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासनका लागि विशेष साधारण सभा आव्हान गरेको हो ।

साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्न लागेको हो । कम्पनीले साउन १९ गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा गर्ने तयारी गरेको छ । सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले गर्नेछ ।

 

 

 

One thought on “रिद्धि सिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

  1. abdul rahman says:

    great

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*