एलआईसी नेपाल प्युठान शाखाद्वारा १ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड (एलआईसी) प्युठान शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई १ लाख ५८ हजार २५० रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
कम्पनीका अनुसार ऐरावती गाउँपालिका वडा नम्बर ४ का स्वर्गीय जित बहादुर गुरुङले एक वर्ष अगाडि एलआईसी नेपालका अभिकर्ता बिष्णु नेपाली मार्फत एक लाख ५० हजार रुपैयाँको जीवन आनन्द बीमा योजना खरीद गरेका थिए । बीमित गुरुङले एक किस्ता बापत ११ हजार ६६२ रुपैयाँ जम्मा गराएका थिए । यसरी किस्ता जम्मा गराएको एक वर्ष समेत नपुग्दै बीमित गुरुङको निधन भएपछि कम्पनीले बीमितको घरमै पुगेर बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।
प्युठान शाखाका शाखा प्रमुख चन्द्र पनेरुले मृतक बीमितप्रति श्रद्दाञ्जली व्यक्त गर्दै बीमितकी श्रीमती हेमन्ता गुरुङलाई १ लाख ५८ हजार २५० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
शाखा प्रमुख पनेरुले एलआईसी नेपाल आफ्ना बीमितप्रति सदा इमान्दार रहेको र आफ्नो जिम्मेवारीबाट कहिले पछि नहट्ने प्रतिबद्धता ब्यक्त गरे । उनले व्यक्ति परिवारमा घट्ने आकस्मिक घटनाबाट आइपर्ने आर्थिक संकटबाट टार्ने बीमा मात्र एक उत्तम विकल्प भएकाले प्रत्येक व्यक्ति तथा परिवार बीमाको दायरामा समाहित हुनुपर्ने बताए ।
उक्त बीमा दाबी रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता तथा एजेन्सी मेनेजर विष्णु नेपाली, कम्पनीका कर्मचारीहरूका साथै बीमितका आफन्तहरू समेतको उपस्थिति रहेको थियो ।