यो साता सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत
४ श्रावण २०८१, शुक्रबार ११:५३
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन् । नेप्सेले साउन १ गते मंगलबार उक्त विकास ऋणपत्र सूचीकरण गरेको हो ।
नेप्सेमा ‘एनपीडीबी०६०६२ ०८७ २०८७ च’ नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र सूचीकरण गरिएको छ । यसको ब्याजदर ५.०८ प्रतिशत रहेको छ ।
त्यसैगरी अर्काे ‘एनपीडीबी०८०४२ ०८९ २०८९ घ’ नाम गरिएको ८ वर्ष अवधि भएको विकास ऋणपत्र सूचीकरण गरिएको छ । यसको ब्याजदर ५.१७ प्रतिशत रहेको छ ।
नेप्सेले उक्त ऋणपत्रहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अुनसार सूचीकृत गरेको जनाएको छ ।