सिटिजन लाइफका ६ जना अभिकर्ता २०२५ को ‘एमडीआरटी’ बन्न सफल

४ श्रावण २०८१, शुक्रबार ११:३९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ६ जना अभिकर्ताहरु ‘एमडीआरटी २०२५’को लागि क्वालिफाइड हुन सफल भएका छन् । कम्पनीको विभिन्न शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरु एमडीआरटीको लागि क्वालिफाइड भएका हुन् ।

कम्पनीको पोखरा शाखा कार्यालयमा आवद्ध रहेकी सरला फगामी पुन, सतुङगल शाखाका माधव सिंह साउद, गाइघाट शाखाका राजेश कार्की, स्वयम्भू शाखाकी दिपा चापागाई, दमौली शाखाकी दिपा श्रेष्ठ र म्याग्दी शाखाकी गिता पौडेल सन २०२५ को एमडीआरटी बन्न सफल भएका छन् । समग्र रुपमा हेर्ने हो, भने सिटिजन लाइफका पुरुष भन्दा महिला अभिकर्ताहरु बढी सक्रिय रहेकिछिन् ।

कम्पनी साथ सहयोग र आफ्नो मिहिनेतका कारण सफलता प्राप्त गरेको अभिकर्ताहरुको भनाई रहेको छ । उनीहरुले आफ्नो कामलाई इमान्दारिताको साथ निर्वाह गर्नुका साथै नागरिकहरुको बीमा गरी रक्षावरण गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई सक्रिय बनाउन र अभिकर्ताहरुको क्षमता अभिवृद्धि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*