प्राइम कमर्सियल बैंकको शेयर संस्थापकलाई बिक्रीमा
४ श्रावण २०८१, शुक्रबार ०८:०९
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।
सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवदेन दिनुपर्नेछ । तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
साथै शेयर बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न समेत बैंकले आग्रह गरेको छ ।