गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता शेयर बिक्रीमा
४ श्रावण २०८१, शुक्रबार ०७:१३
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
उक्त समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।