अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर
काठमाडौं । साउन ४ गते शुक्रबार अमेरिकी डलरको भाउ ११ पैसाले बढेको छ । यस दिन एक अमेरिकी डलरको खरीददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक मलेसियन रिंगिटको खरीदमूल्य २८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ७४ पैसा रहेको छ । यस दिन कतारी रियालको भाउ ३ पैसाले बढेर खरीदमूल्य ३६ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ७९ पैसा पुगेको छ ।
साउदी अरेबियन रियालको भाउ पनि ३ पैसाले बढेर खरीददर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा पुगेको छ भने यूएई एक दिरामको खरीद भाउ ३६ रुपैयाँ ३६ पैसा र बिक्री भाउ ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
आज १० जापानी यनको खरीददर ८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८ रुपैयाँ ५७ पैसा रहेको छ । एक अस्ट्रेलियन डलरको बिक्रीमूल्य ८९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३० पैसा रहेको छ ।