बीमा कम्पनीको शेयर मूल्य कति पुग्यो ? (तथ्याङ्कसहित)

३ श्रावण २०८१, बिहीबार १५:४५

काठमाडौँ । शेयर बजारमा रौनक देखिएको छ । बजार निरन्तर उकालो यात्रामा लागि रहेको हो । बजारमा देखिएको हरियालीले लगानीकर्तामा उत्साहको महोल सिर्जना भएको छ ।

परिसूचक २ वर्ष यता कै उच्च बनेको छ भने कारोबार समेत साढे १५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५९.६८ अकंले बढेर २४२४.३१ बिन्दुमा पुगेको हो ।

जीवन बीमा
आज जीवन बीमा कम्पनीको शेयर १४६.३१ अकं अर्थात् १.२९ प्रतिशतले बढेर ११४७५.०३ बिन्दुमा बन्द भएको छ । आज ९ जीवन बीमा कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ३.४८ प्रतिशतले बढेर ६८३ रुपैयाँमा कारोबार भएको छ । साथै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २.०३ प्रतिशतले बढेर ४९७ रुपैयाँमा कारोबार भएको छ ।

साथै, आज आइएमई लाइफ इन्स्योरेन्सको १.८५ प्रतिशतले बढेर ४८४ रुपैयाँ, सन नेपाल लाइफको १.५८ प्रतिशतले बढेर ६३० रुपैयाँ, हिमालयन नेपाल लाइफको शेयरमूल्य १.४७ प्रतिशतले बढेर ४२२ रुपैयाँमा कारोबार भएको छ ।

निर्जीवन बीमा
आज निर्जीवन बीमा कम्पनीको शेयर १२३ अकं अर्थात १.०५ प्रतिशतले बढेर ११९२४ बिन्दुमा कायम भएको छ । यसदिन १० निर्जीवन बीमा कम्पनीको शेयर मूल्य बढेको छ ।

यसमा कारोबार भएका कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । कम्पनीको आज २.२१ प्रतिशतले बढेर ७८५ रुपैयाँमा कारोबार भएको छ ।

साथै, शिखर इन्स्योरेन्सको १.९२ प्रतिशतले शेयरमूल्य बढेर ७९५ रुपैयाँमा कारोबार भएको छ । आज सिद्धार्थ इन्स्योरेन्सको १.९ प्रतिशतले बढेर ९१० रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १.६४ प्रतिशतले बृद्धि भई ६२० रुपैयाँ, नेको इन्स्योरेन्सको शेयरमूल्य १.६१ प्रतिशतले बृद्धि भई ८८६ रुपैयाँमा कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*