युनिलिभरको नेपालको शेयर मूल्य एकैदिन प्रतिकित्ता ३७ सय रुपैयाँले बढ्यो
३ श्रावण २०८१, बिहीबार १४:३९
काठमाडौँ । शेयर बजारमा उछाल आउँदा महङ्गो शेयर भएको युनिलिभरको शेयर मूल्य समेत आकाशिएको छ । कम्पनीको शेयर आजमात्रै ३७ सय रुपैयाँले बढेको छ ।
आज यो समाचार तयार पार्दासम्म (२ः३५ बजे) कम्पनीको शेयर प्रतिकित्ता ३ हजार ७०५ रुपैयाँ अर्थात् ७.५९ प्रशिशतले बढेर ५२ हजार ५०० रुपैयाँ पुगेको छ। कम्पनीको आज ३११ कित्ता शेयर किनबेच हुँदा १ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।