आफ्नो खाता दुरुपयोग हुन नदिन ग्राहकलाई नबिल बैंकको आग्रह
३ श्रावण २०८१, बिहीबार १४:०३
काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो खाताको दुरुपयोग हुन नदिन आग्रह गरेको छ ।
टेलिग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमार्फत अनलाइन जब, अनलाइने ट्रेडिङ, डलर ट्रान्सफर जस्ता कार्यका लागि आकर्षक कमिशन र तलबको प्रलोभन देखाएर ठगी गर्न बैंकको खाताको दुरुपयोग भएपछि बैंकले सूचना निकालेर ध्यानाकर्षण गराएको हो ।
ग्राहकको खातामा रकम ट्रान्सफर गरी अन्य खातामा पठाउन लगाएर ठगी कार्यमा प्रयोग हुन सक्ने भएकाले आफ्नो खाताको दुरुपयोग हुन नदिन बैंकले आग्रह गरेको छ ।
साथै कुनै पनि अज्ञात स्रोतबाट आएका प्रलोभनमा पार्ने भ्रामक सन्देशमा विश्वास नगर्न पनि बैंकले भनेको छ ।