होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
३ श्रावण २०८१, बिहीबार १३:५६
काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको भएको हो । ९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।
श्रेष्ठ गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन् ।