नबिल बैंकको मालिगाउँ शाखाको धितोमा रहेको सम्पत्ति लिलामीमा

३ श्रावण २०८१, बिहीबार १३:३२

काठमाडौं । नबिल बैंक लिमिटेडले मालिगाउँ शाखाको धितोमा रहेको सम्पत्ति लिलामीमा ल्याएको छ ।

बैंकबाट कर्जा लिएका केही ऋणीहरूले कर्जा चुक्ता नगरेपछि रकम असुल उपर गर्न बैंकले धितो लिलाम मार्फत बिक्री गर्न लागेको हो ।

बैंकले धितोमा रहेको चल अचल सम्पत्तिहरू जेजस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा खरीद गर्न चाहनेलाई १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

उक्त सम्पत्ति खरीद गर्न इच्छुक जोकोहीले बैंकले तोकेको शर्तको अधीनमा रही काठमाडौंको बिजुलीबजारस्थित बैंकको कर्जा असुलि विभागमा बोलपत्र पेश गर्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*