राष्ट्रिय बीमा कम्पनीका नायव व्यवस्थापक ढुंगाना अनिवार्य अवकाशमा

३ श्रावण २०८१, बिहीबार १३:४०

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नायव ब्यवस्थापक जगदीशचन्द्र ढुंगानाले अनिवार्य अवकाश पाएका छन् ।

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवहरि श्रेष्ठ, डेप्युटी सिईओ सुवास कोइराला लगायतका कर्मचारीहरूले ढुंगानाले कम्पनीमा पुर्याएको योगदानको कदर गर्दै विदाई गरेका हुन् ।

राष्ट्रिय बीमा कम्पनीमा लामो समयदेखि कार्यरत नायव व्यवस्थापक ढुंगानाले आज (साउन ३ गते) अनिवार्य अवकाश पाएका हुन् । ढुंगाना राष्ट्रिय बीमा कम्पनीका पुराना कर्मचारी हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*