मौद्रिक नीति लचिलो आउने संकेतले बैंकिङ समूहको शेयरमा उछाल
३ श्रावण २०८१, बिहीबार १३:२१
काठमाडौँ । मौद्रिक नीति लचिलो आउने संकेत पाएसँगै बैंकिङ समूहमा लगानीकर्ता झुम्मिएका छन् । बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको भन्ने विषय फैलिएसँगै बैंकको शेयरमा उछाल आएको छ ।
चुक्ता पुँजी नपुगेको बैंकहरुलाई रिर्जभ कोषको रकम गणना गर्न दिने देखि कर्जा सहुलीयतमा राष्ट्र बैंकले केही सहज पारिदिने देखिन्छ । यो समाचार तयार पार्दै गर्दा (१ः१६ बजे) सूचक ६.१३ प्रतिशतले बढेर १३६० विन्दुमा पुगेको छ । बैंकिङ समूहको १ अर्ब धेरैको कारोबार भइसकेको छ ।