मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैैंकः बैंकास्योरेन्सलाई निरन्तरता दिने सम्भावना कति ?
काठमाडौं । सरकार परिवर्तन भएसँगै मौद्रिक निति पछि सार्ने योजना बनाएको राष्ट्र बैंकले भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।
आज साँझ नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको बुझिएको छ । अर्थमन्त्री विष्णु पौडेलसँग बुधबार गभर्नर महाप्रसाद अधिकारीको छलफल सकारात्मक भएपछि राष्ट्र बैंकले शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको हो। केन्द्रीय बैंकले भोलि शुक्रबार नै सञ्चालक समितिमा छलफल गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बताएको छ।
राष्ट्र बैंकले यसपटक अर्थतन्त्र चलायमान हुने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ।
तथ्याँक समेत लचिलो नीति ल्याउन अनुकुल रहेको र अर्थमन्त्री पौडेलको गभर्नर महाप्रसाद अधिकारीसँगको सम्बन्ध सरकारात्मक रहेकोले मौद्रिक नीतिमा थप लचिलो बन्ने देखिएको हो। राष्ट्र बैंकले यसपटक निर्माण क्षेत्रलाई विशेष सहुलियत दिने देखिएको छ।
शेयर धितो कर्जाको जोखिमभार घटाउने तयारी राष्ट्र बैंकको छ। यसैगरी बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको छ ।
चुक्ता पुँजी नपुगेको बैंैकहरुलाई रिर्जभ कोषको रकम गणना गर्न दिने देखि कर्जा सहुलीयतमा राष्ट्र बैंकले केही सहज पारिदिने देखिन्छ ।
त्यस्तै, लघुवित्तको हकमा मर्जर नितिलाई यो बर्ष पनि निरन्तरता र सहुलीयत दिने राष्ट्र बैंकले तयारी गरेको छ ।
केही बर्ष अघि रोकिएको बैंकास्योरेन्सको प्रकृया अघि बढाउने तयारीमा रहेको छ ।
जीवन बीमक संघले पनि मौद्रिक नितिको लागि यो बर्ष बैंकहरुले पुन निरन्तरता दिनुपर्ने सुझाएका छन् । निति तथा कार्यक्रममा नसमेटिएको बैंकास्योरेन्सलाई यो बर्ष राष्ट्र बैंकले छलफलमा अघि बढाएको छ । सो कारण पनि मौद्रिक नितिमा समावेश हुने सम्भावना प्रवल देखिएको छ।