बीमा सर्भेयरको परीक्षामा ३२ जना उत्तीर्ण (नामसहित)
३ श्रावण २०८१, बिहीबार १२:१८
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत असार २७ गते सञ्चालन गरेको बीमा सर्भेयरको नतिजा प्रकाशित भएको छ । प्रकाशित नजिताअनुसार ३२ जना परीक्षार्थीहरू उत्तीर्ण भएका छन् ।
इजाजतपत्र पाउनका लागि प्राधिकरणले लिने परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सोही प्रावधान अनुरूप बीमा सर्भेयर हुन चाहनेहरूका लागि प्राधिकरणले असार २७ गते इजाजतपत्रका लागि परीक्षा सञ्चालन गरेको थियो ।
उत्तीर्ण भएका परीक्षार्थीहरूले सर्भेयर इजाजत पत्रका लागि प्राधिकरणको वेभसाइटमा आवश्यक विवरण भरी एक प्रति हार्ड कपि सहित उपस्थित हुन आग्रह गरेको छ ।