स्टार माइक्रो इन्स्योरेन्सले साउन ८ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने

३ श्रावण २०८१, बिहीबार १०:२७

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले साउन ८ गतेदेखि १० गतेसम्म तीन दिन अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

यस तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् । इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित साउन ६ गतेभित्र प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नु पर्नेछ ।

तालिम साउन ८ गतेदेखि १० गतेसम्म बिहान १० बजेदेखि अनलाइन तथा भौतिक उपस्थितिबाट हुनेछ । तालिम काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालयमा सञ्चालन गरिने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*