आरएसडिसी लघुवित्तको नाफा ३६% बढ्यो, ईपीएस कति?

३ श्रावण २०८१, बिहीबार ०८:४०

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा आर्थिक वर्ष (आव) २०७९।८० को चौथो त्रैमासको तुलनामा आव २०८०।८१ को सोही अवधिमा ३६.४७ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीले आव ०७९।८० को चौथो त्रैमाससम्म १० करोड ७४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएकोमा आव ०८०।८१ मा बढेर १४ करोड ६६ लाख ६८ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३१ करोड ३८ लाख ९२ हजार रुपैयाँबाट घटेर २६ करोड तीन लाख ५६ हजार रुपैयाँमा झरेको छ ।

यस अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज १० करोड ७३ लाख रुपैयाँ ऋणात्मकबाट बढेर ६५ लाख रुपैयाँ धनात्मक रहेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १५ करोड ५० लाख रुपैयाँबाट बढेर २० करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ५३ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४४.५६ गुणा, तरलता अनुपात १.०३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५० पैसा रहेको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ६ करो्ड ७६ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार १२ करोड १० लाख रुपैयाँबाट बढेर १६ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*