प्रतिकित्ता १५० रुपैयाँमै सूर्यज्योति लाइफको शेयर किन्ने आज अन्तिम दिन

३ श्रावण २०८१, बिहीबार ०७:२२

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन लाख कित्ता संस्थापक शेयर किन्ने आज साउन ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २८ गतेदेखि प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमै सो शेयर लिलामीमा ल्याएको थियो ।

यो शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्था जो कोहीले खरीद गर्न पाउनेछन् । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार र बढीमा सम्पूर्ण कित्ता शेयर खरीदको माग गर्दै आवेदन दिन सकिनेछ ।

शेयर खरीद गर्न इच्छुक व्यक्तिले काठमाडौंको थापाथलीस्थित बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखामा बोलपत्र पेश गर्नु पर्नेछ, बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । बोलपत्र आज कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*