नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता शेयर बिक्रीमा

३ श्रावण २०८१, बिहीबार ०६:४१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १० जना संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखेको हो ।

यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि निवेदन दिन पाउनेछन् । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।

३५ दिनभित्र पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

2 thoughts on “नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता शेयर बिक्रीमा

  1. Krishna Bahadur Tamang says:

    मेराे पनि इछ भएको हुद म सहमत छु

  2. Krishna Bahadur Tamang says:

    मेरो पनि इछुक छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*