वर्ष दिनमा १४ जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब २७ करोड प्रथम बीमा शुल्क, नौको बढ्दा पाँचको घट्यो

२ श्रावण २०८१, बुधबार २३:१७

काठमाडौं । गत आर्थिक वर्ष अर्थात भर्खरै सकिएको आव २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क बृद्धि भएको छ । नेपालमा सञ्चालित कूल १४ जीवन बीमा कम्पनी मध्ये पाँच वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क घट्दा नौ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क बृद्धि भएको छ ।

बीमा प्राधिकरणले तयार पारेको तथ्याङ्क अनुसार समीक्षा अवधीमा कूल ३४ अर्ब ३४ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् । अघिल्लो आव २०७९।८० मा बीमा कम्पनीहरुले कूल ३१ अर्ब २३ करोड ८४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए । सो रकम मध्ये २७ अर्ब २० करोड रुपैयाँ सावधिक जीवन बीमा र ७ अर्ब ६ करोड रुपैयाँ एकल बीमा शुल्क अर्थात अग्रिम भुक्तानी वाला बीमा व्यवसाय गर्न सफल भएका छन् ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफले संकलन गरेको छ । सो कम्पनीले कूल सात अर्ब ९४ करोड ३३ लाख रुपैयाँ संकलन गरेका छन् । कम्पनीको प्रथम बीमा शुल्क २०.९९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै, दोस्रो ठूलो कम्पनी नेशनल लाइफले ५ अर्ब ५ करोड प्रथम बीमा शुल्क बापत संकलन गर्न सफल भएको छ । कम्पनीको प्रथम बीमा शुल्क ३० प्रतिशतले बढेको हो ।

त्यस्तै, एलाईसी नेपालले दुई अर्ब ६० करोड, रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क ९.१७ अंकले मात्रै बृद्धि भएको छ । त्यसैगरी, हिमालयन लाइफले १२.५६ प्रतिशतको बृद्धि हासिल गर्दै दुई अर्ब ५७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ । त्यसैगरी, सुर्यज्योति लाइफले दुई अर्ब ५३ करोड, सिटिजन लाइफले एक अर्ब ९६ करोड, एशियन लाइफले एक अर्ब ९२ करोड, सानिमा रिलायन्स लाइफले एक अर्ब ८७ करोड, आईएमई लाइफले एक अर्ब ६० करोड, सन नेपाल लाइफले एक अर्ब ५६ करोड, रिलायबल नेपाल लाइफले एक अर्ब ४७ करोड, मेट लाइफ एक अर्ब ३० करोड, प्रभु महालक्ष्मी लाइफले एक अर्ब नौ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

समीक्षा अवधीमा राष्ट्रिय जीवन बीमा कम्पनीले जम्मा ७५ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

समीक्षा अवधीमा सबैभन्दा धेरै एशियन लाइफले बृद्धि गर्दै २४.८५ प्रतिशतले बृद्धि हासिल गरेको छ भने सबैभन्दा कम राष्ट्रिय जीवन बीमा कम्पनीको २०.४८ प्रतिशतले घटेको छ । नेपाल लाइफ, एलआईसी नेपाल, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाईफ, मेट लाइफमो प्रथम बीमा शुल्क बृद्धि गर्न सफल भएको छ । त्यस्तै, सुर्यज्योति लाइफको प्रथम बीमा शुल्क ६.८९ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*