८ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन-कुन परे कारवाहीमा ?

अध्यक्ष सञ्चालक र सिईओलाई समेत कारवाही
२ श्रावण २०८१, बुधबार १८:५९

काठमाडौं । पाँचवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकले लाई कारबाही गरेको छ ।गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा आठ बैंक तथा वित्तिय संस्थाहरु कारावाहीमा परेका हुन् ।कर्णाली विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट,सिध्नु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक केन्द्रिय बैंकको कारवाहीमा परेका हुन् । संचालक, अध्यक्ष देखि सिईओसम्म कारवाहीमा परेका छन् ।

कर्णाली विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट,सिध्नु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै तीनवटा फाइनान्स कम्पनी कारबाहीमा परेका छन् । वेष्ट फाइनान्स,रिलायन्स फाइनास,प्रोग्रेसिभ फाइनान्स केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् ।केन्द्रिय बैंकको निर्देशन बमोजिम अनिवार्य मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई २ हजार ५४६ रुपैयाँ जरिबाना लगाएको छ ।

त्यसै गरि नारायणी डेभलपमेन्ट बैंकलाई यसअघि ०८० माघ २१ मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई केन्द्रीय बैंकले निरन्तरता दिएको जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको तथा वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ ।

सिन्धु विकास बैंकले सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुगेको भन्दै केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ ।

त्यस्तै सिन्धु विकास बैंकका अध्यक्ष र सञ्चालक समितिलाई संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरीएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह–जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि पटक पटक दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष, राजेन्द्र कुमार श्रेष्ठलाई राष्ट्र बैंकले ५ लाख नगद जरिवाना गरेको छ ।

त्यस्तै एक्सेल डेभलेपमेण्ट बैंकलाई राष्ट्र बैंकले वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*