जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क ९ प्रतिशतले बढ्यो, प्रभु महालक्ष्मी-रिलायबल-सन नेपाल अगाडि, अन्यको अवस्था कस्तो ?

२ श्रावण २०८१, बुधबार १८:४३

काठमाडौं । गत आर्थिक वर्ष २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब ४ करोड ६८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त नविकरण बीमा शुल्क आर्जन ९.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्र्ब ११ अर्ब ११ करोड ७० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

सबैभन्दा अग्र स्थानमा रहेर ब्यवसाय विस्तार गरी रहेको कम्पनीहरु भने नविकरण बीमाशुल्कमा भने केहि कमजोर देखिएका छन् । मर्जरपछिका कम्पनी र ब्यवसाय कम गरी रहेका कम्पनीहरुले भने नविकरण बीमा शुल्क संकलनमा आक्रामक बनेको देखिन्छ । बीमा प्रतिको आम बुझाई र अभिकर्ताहरुको उचित परामर्शसहितको बीमा पोलिसी बिक्रीको कारण कम्पनीहरुको नविकरण बीमाशूल्क आर्जन बढेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रभु महालक्ष्मी लाइफको नविकरण बीमा शुल्क आर्जन सबैभन्दा बढी अंकले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नविकरण बीमाशुल्क ३०.६३ प्रतिशतले बढेर ३ अर्ब २७ करोड ६४ लाख रुपैयाँ रुपैयाँ पुगेको छ ।

नविकरण बीमा शुल्क आर्जनका आधारमा रिलायबल नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको १२ महिनामा नविकरण बीमा शुल्क आर्जन १९.३६ प्रतिशतले बढाएर २ अर्ब ७३ करोड २९ लाख रुपैयाँ पुराएका छन् । साथै, सन नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन १४.८७ प्रतिशतले वृद्धि भएर २ अर्ब ३२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षभरीमा सबैभन्दा भन्दाबढी नविकरण बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफले आफ्नो अग्र स्थान कायमै गरेको छ । कम्पनीले यस अवधिमा विभिन्न पोलिसीहरु नविकरण मार्पmत ३२ अर्ब ९१ करोड १ लाख रुपैयाँ रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, एलआईसी नेपालले १५ अर्ब ४९ करोड रुपैयाँ, नेशनल लाइफले १४ अर्ब १४ करोड रुपैयाँ, हिमालयन लाइफले १४ अर्ब ३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ९५ करोड रुपैयाँ र सूर्यज्योति लाइफले ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

यता, एशियन लाइफले ६ अर्ब १२ करोड, मेट लाइफले ४ अर्ब ३७ करोड, सानिमा रिलायन्सले ४ अर्ब ३१ करोड, सिटिजन लाइफले ४ अर्ब २५ करोड र आइएमई लाइफले ३ अर्ब १३ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*