आर्थिक संकटबीच नेपाली बीमा क्षेत्रमा ७.५०% को बृद्धि, जीवन बीमा क्षेत्र उत्साहप्रद, निर्जीवन बीमामा २.३७% ले बढ्यो

२ श्रावण २०८१, बुधबार १७:१७

काठमाडौं । आर्थिक संकटका बीच आर्थिक बर्ष २०८०।८१ को असार मसान्तसम्ममा समग्र बीमा व्यवसायमा साढे सात प्रतिशतको उत्साहप्रद वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा गरेको स्थलगत निरीक्षणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय वृद्धिद्धर ७ दशमलव ५० प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९।८० मा एक खर्ब ८२ अर्ब ५६ करोड ७७ लाख ९२ हजार रुपैयाँ कुल बीमा शुल्क गर्न सफल भएका छन् । आर्थिक संकटका बीचमा पनि बीमा कम्पनीहरुले उत्साहप्रद व्यवसाय बृद्धि गर्न सफल भएका हुन् । आर्जन गरेको बीमा कम्पनीहरुले असार मसान्तसम्मा ८ प्रतिशतको वृद्धि गर्दै १ खर्ब ९६ अर्ब रुपैयाँ २५ करोड ७९ लाख ७६ हजार कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

जीवन बीमा क्षेत्र

अघिल्लो आर्थिक बर्षको तुलनामा गत असार मसान्तसम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क तर्फ ४ दशमलव २५ प्रतिशत, नविकरण बीमाशुल्क तर्फ ९ दशमलव ८४ प्रतिशत गरि कुल बीमाशुल्क आर्जन ८ दशमलव ६१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । जीवन बीमा कम्पनी, बीमा अभिकर्ता र नियामकको सामूहिक प्रयत्नबाट नेपालको जीवन बीमा क्षेत्रमा उत्साहप्रद बृद्धि हासिल गर्न सम्भव भएको हो ।

निर्जीवन बीमा क्षेत्र

निर्जीवन बीमातर्फ हेर्न हो भने गत बर्षको तुलनामा २ दशमलव ३७ प्रतिशतले वृद्धि भएर ४१ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो बर्षको सोहि अवधिमा कम्पनीले ४० अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

लघुबीमा

लघुबीमा लघुबीमा कम्पनीहरुले भने यो बर्ष बीमा योजना पूरा रुपमा एक्चुरी भ्यालुएसन गराउन नसक्दा सोचे जस्तो व्यापार भने गर्न सकेका छैनन् । अघिल्लो बर्ष २ लाख पाँच हजार रुपैयाँको बीमा संकलन गरेका लघु जीवन बीमा कम्पनीहरुले गत बर्षको असारसम्ममा १६ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका हुन् । त्यस्तै, लघु निर्जीवन बीमातर्फ गत बर्ष ३० करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएका हुन् ।

 

*तथ्याङ्कमा केही प्राबिधिक त्रुटी सम्पादन गरिएको

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*