निर्जिवन बीमा कम्पनीहरुले १२ महिनामा संकलन गरे ४१ अर्ब माथिको प्रिमियम, कुनले कति ?

२ श्रावण २०८१, बुधबार १७:४१

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०८१ को असार मसान्तसम्मा ४१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस अवधिसम्ममा शिखर इन्स्योरेन्सले नै अग्रता हासिल गर्न सफल भएको छ । गत अािर्थक बर्षको असार मसान्तसम्मा निर्जिवन बीमा कम्पनीहरुले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा सगरमाथा रहेको छ। कम्पनीले यस अवधिसम्मा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिसम्मा ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

चौथौमा हिमालयन एभरेष्ट रहेको छ। कम्पनीले यसअवधिसम्मा ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*