जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १ खर्बमाथि, कुनको कति ?(सूची सहित)
२ श्रावण २०८१, बुधबार १७:२०
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
नेपाल बीमा प्राधिकरणले असार मसान्तमा गरेको स्थलगत निरिक्षणका अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्मा १ खर्ब ५६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यस अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
यस अवधिसम्ममा नेपाल लाइफले ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यसअवधिमा १९ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यसअवधिसम्ममा १९ अर्ब २० करोड रुपैयाा कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।