उधारो शेयरको बिगबिगि
काठमाडौँ । पछिल्लो समय कारोबारले निरन्तर उकालो यात्रामा गइरहेको छ । कारोबार आएको रफ्तारले शेयर बजारले नयाँ दिसा तिर लम्काइरहेको हो । आज अर्थात साउन २ गते काराबारे ३५ महिना यता कै उच्च पुगेको छ ।
बुधबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रूपैयाँको सेयर कारोबार भएको छ । यसअघि २०७८ भदौ १५ गते १३ अर्ब २५ करोड बराबरको कारोबार भएको थियो । आजको कारोबार रकमत्यसयताकै उच्च हो । मंगलबार पनि नौ अर्ब १३ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको थियो।
कारोबार बढेसँगै उधारोमा शेयर किन्नहरुको बिगबिगि समेत बढ्दै गएको छ । पछिल्लो एक दुई साता देखि भइरहेको दैनिक अर्बौको कारोबार मध्ये अधिकांश उधारो भएको पाइएको छ । शेयरको मूल्य उच्च अंकले बृद्धि भएका कारण लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्दा शेयर कारोबार उच्च भएपनि पछिल्लो साता भएको खर्बौ कारोबारबाट राज्यले कर र ब्रोकर कम्पनीले कमिशन बाहेक लगानीकर्ताले खासै प्रतिफल नपाएको गुनासो गरेका छन् ।
शेयर किनेर समयमै रकम भुक्तानी नगर्नेहरुको सख्या वृद्धि भइरहेको एक ब्रोकरले बीमापोष्टलाई बताएको छ । ब्रोकरले भन्यो, ‘कारोबार रकम त निकै उच्च भइरहेको छ । तर, शेयर किन्ने धेरै जस्तो उधारो शेयर रहेको छ । हिजो अस्ति तिर शेयर किन्नेहरुले हालसम्म रकम भुक्तानी गरेका छैनन् ।’
शेयरको पोर्टफोलियो परिवर्तन गर्नेहरु हाईड्रोपावर, फाइनान्स र बैंकका लगानीकर्ताहरु भएको पाइएको छ । गत वर्षसम्म १०० रुपैयाँभन्दा तल रहेको हाईड्रोपावरको शेयर अहिले ७०० देखि १२०० रुपैयाँसम्ममा कारोबार भएको पाइएको छ । एउटै कम्पनीको दैनिक करोडौंको शेयर करोबार भइरहेको छ । ३०० रुपैयाँसम्ममा शेयर उठाएका लगानीकर्ताहरुले धमाधम हाईड्रोपावरको पोर्टफोलियो चेन्ज गरेका छन् । नयाँ लगानीकर्ताहरुले थाहा नपाएका कारण मूल्य बढिरहेका कम्पनीहरु छान्ने क्रममा कर्नरिङको मारमा परेको समेत हुनसक्ने भन्दै नेपाल धितोपत्र बोर्डले छानविन गर्ने चर्चा चलेको थियो ।