बुलको यात्रामा शेयर बजारः १२ अर्बको कारोबार हुँदा परिसूचक २३६४ बिन्दुमा, उत्साहित लगानीकर्ता

२ श्रावण २०८१, बुधबार १५:०६

काठमाडौँ । शेयर बजारमा रौनक कायमै रहेको छ । अर्थमन्त्री विष्णु पौडलको आगमनले पुँजी बजारले निरन्तर सकारात्मक लय समालि रहेको हो । बजारमा आएको सुधारले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ । आम लगानीकर्ताको मनोबल समेत दरिलो बन्दै गएको छ । जसले गर्दा कारोबार रकममा उछाल देखिदैछ ।

शेयर बजारमा आज मात्रै १२ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । परिसूचक समेत निरन्तर उचाई तिर लम्कि रहेको छ। आम लगानीकर्ता मौद्रिक नीति लचिलो आउने आशमा छन् । गर्भनर महाप्रसाद अधिकारीले अबको मौद्रिक नीति लचिलो आउने बेला बेला सार्वजनिक कार्यक्रममा नै गर्दै आइरहेका छन् । जसले गर्दा लगानीकर्ताको मनोबल बलियो बनाउन थप मद्दत गरेको छ । नियामकहरुबीच समन्वय बढ्ने आश लगानीकर्तामा रहेको छ ।

यता, अर्थतन्त्र समेत लयमा आइरहेको छ । बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । सबै क्षेत्रको तालमेल मिलेको बेला बजारले नयाँ बुलको यात्रा तय गर्ने निश्चित नै रहेको जानकारहरुको भनाइ रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.०४ अकंले बढेर २३६४.६३ बिन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०८ प्रतिशत, विकास बैंक समूहको ४.०९ प्रतिशत, फाइनान्स समूहको ५.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ५.५५ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ ।

यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २०४ कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*