पुँजी जुटाउन बीमा प्राधिकरणको क्यापिटल ग्रोथ मोडल पछ्याउदै बैंक

२ श्रावण २०८१, बुधबार १४:०३

काठमाडौं । नेपाल बैंकर्स संघले पुँजी जुटाउन बीमा प्राधिकरणको क्यापिटल ग्रोथको मोडल पछाएको छ । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिको लागि रिजर्भ (जगेडा कोष)को रकमलाई पुँजीमा गणना गर्ने निर्देशन दिएको छ । पुँजीको सकसमा रहेका बैंकहरुलाई बीमा कम्पनीहरुलाई झै सो व्यवस्था लागु गर्न माग गर्दै यो प्रस्ताव बैंकर्स संघले अर्थमन्त्रालय र राष्ट्र बैंकमा राखेको छ।

बीमा प्राधिकरणको कम्पनीहरुलाई रिजर्भ (जगेडा कोष)को रकमलाई पुँजीमा गणना गर्नका लागि परिपत्र समेत पठाईसकेको छ। प्राधिकरणको कम्पनीहरुका लागि ल्याएको सो प्रावधान बैंकिङ्ग क्षेत्रमा पनि लागू गर्न अर्थमन्त्रालय र राष्ट्र बैकमा संघले सुझाएको छन् ।

पुँजीको दबाबमा रहेका वाणिज्य बैंकहरुले रिजर्भ (जगेडा कोष)को रकमलाई कोर क्यापिटलको मान्यता दिन बैंकहरुले माग गरेका छन् ।नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अर्थमन्त्री विष्णु पौडेललाई यस बिषयमा अवगत गराएका छन् । पौडेलसामु ढुंगानाले भने, ‘तपाईंको कार्यकालमा समस्या समाधान भयो भने राम्रै हुन्छ । केही लचकता अपनाउन राष्ट्र बैंकलाई भनिदिनुप¥यो । राष्ट्र बैंकसामू रेगुलर रिजर्भलाई कोर क्यापिटल मानिदिन आग्रह गरेका छौं।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*