कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको स्वास्थ्य बीमा गर्दै (शर्तसहित)
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले सबै पूर्व कर्मचारीहरुको सामुहिक स्वास्थ्य बीमा गरिदिने भएको छ ।
बैंकले बुधबार एक सूचना जारी गर्दै बैंकका पूर्व कर्मचारीहरुको १ वर्ष अवधिको लागी बीमाङ्क रकम एक लाख रुपैयाँको सामुहिक स्वास्थ्य बीमा उपचार बीमा गरिदिने जानकारी दिएको हो ।
पूर्व कर्मचारीहरुको उल्लेखित आवश्यक प्रक्रिया पुरा गरी साउन २२ गतेभित्र बैंकको जनशक्ति व्यवस्थापन विभागमा प्राप्त हुनेगरी निवेदन दिन आग्रह गरेको छ ।
शर्तहरुः
१. बैंकमा कम्तिमा १५ बर्ष स्थायी, अस्थायी वा मासिक पारिश्रमिक, करारमा सेवा गरेका ७० बर्ष भित्रका पूर्व कर्मचारीहरु मात्र ।
२. सम्वन्धित पूर्व कर्मचारीहरुले आफु बसोवास गरेको वा पायक परेको बैंकको नजिकको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।
३. कृषि विकास बैंक लि। कर्मचारी सेवा विनियमावलीको परिच्छेद ७ बमोजिम सजाय भई बैंकले बर्खास्त गरेको वा अदालतबाट दोषी ठहर भई सजाय भएका कर्मचारीहरुले पूर्व कर्मचारी सामुहिक स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सक्ने छैनन् ।
४. निवेदनको साथमा बैंकले जारी गरेको पूर्व कर्मचारी परिचयपत्र वा पूर्व कर्मचारी प्रमाण पुग्ने पत्र र नागरिकताको फोटोकपी पेश गर्नु पर्नेछ ।