शेयर धितो कर्जाको लगानी १४ प्रतिशतले वृद्धि, सात बैंकले मात्रै बढायो ,बाँकिले घटायो लगानी ?

२ श्रावण २०८१, बुधबार १३:२४

काठमाडौं । ११ महिनाको अवधिसम्मा बैंक तथा वित्तिय संस्थामार्फत ८७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर धितोकर्जा लगानी भएका छन् । बैंक तथा वित्तिय संस्गाहरुले गत आर्थिक बर्षको ११ महिनामसम्मा ८७ अर्ब ११ करोड रुपैयाँ शेयर धितोकर्जामा लगानी गरेका हुन् ।

गत बर्षको सोहि अवधिमा बैैंकहरुले शेयर धितोकर्जामा ७४ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । गत बर्षको तुलनामा बैंकहरुले शेयर धितो कर्जाको लगानी १४ प्रतिशतले वृद्धि गरेको तथ्यांकले देखाएको छ।

मौद्रिक नितिको प्रथम त्रैमासको समिक्षाले ५० लाखभन्दा मागिको शेयर धितोकर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ पुराएको थियो । १२५ प्रतिशतको जोखिम चारलाई पनि १०० प्रतिशतमा झारेको छ। मौद्रिक नितिको पहिलो त्रैमासको समिक्षाले शेयर धितोकर्जा बढाउने देखिएको बैंकहरु यसतर्फ भने त्यति मात्रामा केन्द्रित भएको देखिदैन ।

त्यस्तै, केन्द्रिय बैंकले शेयर धितोकर्जा क्यापको सीमालाई परिमार्जन गरेर व्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थागततर्फ २० करोड रुपैयाँसम्म कर्जा लिन पाउने प्रावधान ल्याएको छ ।यस अवधिसम्ममा सात वाणिज्य बैंकहरुले शेयर धितोकर्जामा लगानी बढाएका छन् भने १२ ले घटाएका छन् ।

यस अवधिसम्मा ग्लोबल आइएमई बैंक, नबिल बैंक, आरबीसियल,नेपाल बैंक, एसबीआई बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक  र सानिमा बैैंकले बढाएका छन् भने बाँकि सबैले घटाएका छन् ।नबिल बैंक सबैभन्दा धेरै शेयर धितोकर्जामा लगानी बैंक बनेको छ । सबैभन्दा कम शेयर धितोकर्जा प्रवाह गर्ने बैंक एसबिआई बैंक बनेको छ ।

नबिल बैंकले यस अवधिसम्ममा ११ अर्ब ४२ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ७ अर्ब ९ करोड रुपैयाँ, प्राईम कर्मशीयल बैंकले ४ अर्ब ७ करोड रुपैयाँ, नेपाल बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब १३ करोड रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ७ करोड रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ६ करोड रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १९ करोड, नेपाल एसबीइआई बैंकले १२ करोड २५ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४ अर्ब ६ करोड रुपैयाँ शेयर धितोकर्जामा लगानी गरेका छन् ।

त्यस्तै, माछापुच्छे बैैंकले ४६ करोड १२ लाख रुपैयाँ, कुमारी बैैंकले ४ अर्ब १५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ अर्ब २५ करोड रुपैयाँ, सिद्धार्थ बैकले ५ अर्ब ६१ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ४६ करोड रुपैयाँ, सिटिजन्स बैंकले ४ अर्ब ६४ करोड रुपैयाँ, प्रभु बैंकले ३ अर्ब २ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६७ करोड रुपैयाँ र एनएमबी बैंकले ९० करोड ४५ लाख रुपैयाँ मात्रै शेयर धितोकर्जामा लगानी गरेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*