आर्थिक वर्ष २०८०।०८१ मा नेपाल माइक्रो इन्स्योरेन्सले गर्यो १० करोड ३१ लाखको लघुबीमा ब्यवसाय

२ श्रावण २०८१, बुधबार १३:१४

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १० करोड ३१ लाख रुपैयाँको लघुबीमा ब्यवसाय गर्ने सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा ५१ हजारभन्दा बढी बीमितहरुलाई लघुबीमा सेवा उपलब्ध गराई १० करोड ३१ लाख ५९ हजार रुपैयाँको ब्यवसाय गरेको हो ।

गत आर्थिक वर्षमा निर्जीवन लघुबीमा तर्फ प्रिसिमय असुलीलाई उत्कृष्ट बनाउनेहरुप्रति कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालले आभार ब्यक्त गरेका छन् । रिमालले सिमान्त समुदाय तथा निम्न आय भएका मानिसहरुका लागि लघुबीमाका थप सेवाहरु बढाउने बताए ।

सिमान्तकृत समुदायको आवश्यकता अनुरुप नयाँ नयाँ सेवाहरु सिर्जना गर्दै अघि बढ्ने सीईओ रिमालले विश्वास दिलाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*