सम्पदा लघुवित्तका अध्यक्ष कृष्ण बहादुर थापाको नतृत्वमा नयाँ सञ्चालक समिति चयन
२ श्रावण २०८१, बुधबार १३:१५
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा कृष्ण बहादुर थापा चयन भएका छन् ।
असार ३० गते बसेको सञ्चालक समितिको निर्णयले अध्यक्ष थापा नेतृत्वमा डा.नरहरी ढकाल, जीबमूर्ति पन्त, प्रदीप सिग्देल (शर्मा), दिनेश अर्याल र श्याम प्रसाद श्रेष्ठलाई सञ्चालकमा चयन गरेको छ ।
साथै, अध्यक्ष तथा सञ्चालकहरुले साउन १ गते आफ्नो पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसकेका छन् । साविकको साधना लघुवित्त र सबैको लघुवित्त आपसमा मर्ज भई एकीकृत कारोबार समेत शुभारम्भ गरेका छन् ।