विदेशी पुनर्बीमा र ब्रोकर कम्पनीलाई सूचीकरणको लागि बीमा प्राधिकरणको निर्देशन

२ श्रावण २०८१, बुधबार १२:०२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न देशबाट नेपालमा पुनर्बीमाको कारोबार गर्दै आएका कम्पनी र ४४ विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरुलाई सूचीकरण नविकरण र दताको लागि आवेदन पेश गर्न निर्देशन दिएको छ।

नेपाली कम्पनीले विदेशी पुनर्बिमा कम्पनीसँग गरिएको कारोबारको तथ्यांक राख्न यस्तो व्यवस्था गरिएको प्राधिकरण गरिएको हो ।

हाल नेपाली बीमा कम्पनीहरूले विदेशी पुनर्बीमा दलालमार्फत् पुनर्बीमा गर्दै आएका छन् । तीमध्ये पनि अधिकांश कम्पनीले भारतीय पुनर्बीमा ब्रोकरमार्फत पुनर्बीमा गराउँदै आएको समितिको भनाइ छ ।
कम्पनीहरूले जेबी बोडा (भारत), पाइनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतीय दलालमार्फत् पनि पुनर्बीमा गर्दै आएका छन्  ।
त्यस्तै, स्विस री (स्विट्जरल्यान्ड), जनरल इन्स्योरेन्स कर्पोरेसन (जिआइसी) पुनर्बीमा, भरत रि इन्स्योरेन्स ब्रोकर, श्रीधर इन्स्योरेन्स ब्रोकर, युनि लाइट रि इन्स्योरेन्स ब्रोकर, प्रोटेक्सन रि इन्स्योरेन्स ब्रोकर, यु आइबी ब्रोकर लगायतका ब्रोकरमार्फत पुनर्बीमा गराउँदै आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*